Dashain Banner
Dashain Banner

अमेरिकी आक्रमणमा इरानी सर्वोच्च नेता अली खामेनीको मृत्यु पुष्टि

आइतबार, फागुन १७, २०८२

काठमाडौं । अमेरिकी र इजरायली सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मारिएको इरानी सञ्चारमाध्यमहरुले आधिकारिक रूपमा घोषणा गरेका छन्।

इरानका सरकारी टेलिभिजनले खामेनीको मृत्यु  भएको पुष्टि गर्दै ४० दिन लाग्ने राष्ट्रिय शोक तथा सप्तदिनको सार्वजनिक बिदा पनि घोषणा गरिएको जानकारी दिएको छ ।

त्यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली उच्च अधिकारीहरूले संयुक्त सैनिक आक्रमणमा खामेनी मारिएको दाबी गरेका थिए । ट्रम्पले विभिन्न सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको बताएका थिए र संयुक्त अमेरिकी–इजरायली हवाई हमलाहरूलाई त्यसका लागि जिम्मेवार बताएको थियो ।

तर तेस्रो पक्ष सुनिश्चित पुष्टि नहुँदासम्म इरानी सरकार तथा केही समाचार एजेन्सीहरू पहिले खामेनी अझै “सुरक्षित र जिम्मेवारीमा छन्” भनी तर्क गर्दै आएका थिए ।

राज्य सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आयातोल्लाह अली खामेनी ८६ वर्षका थिए । उनका मृत्यु तथा शोक घोषणासँगै अन्तर्राष्ट्रिय सम्बन्ध तथा मध्यपूर्वमा तनाव थप बढ्ने सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्