सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७५ पुगेको छ । विमानमा सवार २४१ जना र बाँकी जहाज दुर्घटना भएको क्षेत्रमा रहेका मानिसहरु परेका हुन् ।
जहाज अहमदाबादको सिभिल अस्पतालको चिकित्सक आवासीय भवनमा ठोक्किएको थियो। अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान उडान भरेको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।
जसमा सवार २४२ मध्ये एक जनामात्र बाँच्न सफल भएका थिए ।
शव राख्न १७० शवपेटीको अर्डर दिइएको छ। बडोदराका एक व्यक्तिले एयर इन्डियाका प्रबन्धकले फोन गरेर शवपेटीहरू अर्डर गरेको बताएको बताएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
यसैबीच, अहमदाबाद सिभिल अस्पतालका डेपुटी सिभिल सुपरिटेन्डेन्ट रजनीश पटेलले अहिलेसम्म २४८ शवको डीएनए नमूनाहरू क्रस भेरिफाइड गरिएको बताएका छन् । जसमा ६ वटाको मात्र डीएनए मिलेको छ ।
पटेलले पूर्णिमाबेन पटेलको शव उनको परिवारलाई हस्तान्तरण गरिएको बताएका छन् । शव अर्को परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया भइरहेको छ। ८ जना घाइतेको उपचार भइरहेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
यसैबीच, नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले पत्रकार सम्मेलनमा दुर्घटनाको अनुसन्धान पहिलो दिनदेखि नै भइरहेको बताएका छन् । केन्द्रीय गृह सचिवको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको छ। जसले ३ महिनामा आफ्नो प्रतिवेदन बुझाउनेछ।
यसअघि बीजे मेडिकल कलेज होस्टेलबाट भग्नावशेष हटाउने क्रममा विमानको पुच्छर (पछाडिको भाग) मा एक शव अड्किएको देखिएको थियो । शवको पोस्टमार्टम गरिएको छ। यो शव एयर होस्टेसको हुन सक्ने भनिएको छ।
के थियो पाइलटको अन्तिम सन्देश ?
अहमदाबाद विमान दुर्घटना प्रकरणमा पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० लाई पठाएको अन्तिम सन्देश सार्वजनिक भएको छ।
४–५ सेकेन्डको सन्देशमा, सुमित भन्दै छन्, ‘मेडे, मेडे, मेडे।।।मलाई जोर लाग्दैन । शक्ति घट्दैछ, विमान उठिरहेको छैन। हामी बाँच्ने छैन ।’