मुम्बईमा सेनाको बोटको ठक्करले यात्रुवहाक डुंगा दुर्घटना,१३ जनाको मृत्यु

बिहीबार, पुस ४, २०८१
Honor 600 pro

काठमाडौं । यात्रुवहाक डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा सय बढी यात्रुलाई उद्धार गरिएको छ।

भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा आइल्याड जाँदै गरेको यात्रुवहाक डुंगालाई भारतीय नौ सेनाको स्पीड बोटले ठक्कर दिदा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको भारतीय सन्चार माध्यमले जनाएका छन्।

डुंगालाई ठक्कर दिने नौ सेनाको स्पीड बोटमा सवार तीन सैनिक पनि मारिएका छन् ।  

डुंगा दुर्घटनाका मृतकका परिवारलाई सरकारले ५-५ लाख रुपैयाँ राहत दिने जनाएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्