कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

शुक्रबार, जेठ ११, २०८१
Honor 600 pro

जनकपुर। जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाइ थप ३ हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

आज न्यायाधीश रिमाकान्त ज्ञवालीको एकल इजलासले सिरोहियामाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई थप ३ दिनको म्याद दिएर हिरासतमा राख्न अनुमति दिएको हो। 

सिरोहियालाई गत मंगलबार साँझ  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर कार्यालयबाट पक्राउ गरेर धनुषा जिल्ला प्रहरीलाई बुझाएको थियो।

उनलाई नागरिकता प्रकरणमा धनुषा अदालतले दिएको पक्राउ पुर्जीको आदेशमा पक्राउ गरिएको थियो। सिरिहिया पक्राउ घटनामा अन्तर्राष्ट्रिय मिडिया संगठनले निन्दा गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन लगायत देशभर उनलाई पक्राउ गरिएको विरोधमा चौतर्फी आलोचना भइरहेको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्