हेलिकप्टर दुर्घटना इरानी राष्ट्रपतिको मृत्यु

सोमबार, जेठ ७, २०८१
Honor 600 pro

काठमाडौं । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपतिको मृत्यु भएको छ। आइतबार भएको हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यम सीएनएनले जनाएको छ।

खोजतलासमा टर्कीले पठाएको ड्रोनले हेलिकप्टर दुर्घटना भएर पुर्ण रुपमा जलेको अवस्थामा फेला पारेको हो। राष्ट्रपति इब्राहिम अजरबैजानको एउटा ठुलो बाँधको उद्घाटन गरेर फर्किदै गर्दा हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकप्टरमा राष्ट्रपतिसहित विदेशमन्त्री, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती , हेलिकप्टरका पाइलट, सुरक्षा प्रमुख लगायत अन्य केही व्यक्ति सवार थिए।

 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्