सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा खिमबहादुर वली निर्वाचित भएका छन् ।
वलीले ४०६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सुरेन्द्र खड्काले २९७ मत प्राप्त गरे । सभापतिका अन्य उम्मेदवार घनश्याम ढकालले २३०, किरण शाहले १४५ र कुमार लामिछानेले ७२ मत प्राप्त गरे । सहसचिवमा रमेश भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी, प्रदेशसभा क्षेत्र नम्बर ३ (क) को सभापतिमा तेजबहादुर डाँगी निर्वाचित भएका छन् । सोही क्षेत्रको उपसभापतिसहित अन्य पदाधिकारी तथा प्रदेश अधिवेशन प्रतिनिधिको पनि निर्वाचन सम्पन्न भएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर ३(ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । गिरीले ४७० मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी गोपालबहादुर रावतले ९९ र अर्का उम्मेदवार निर्मल केसीले ८५ मत प्राप्त गरे ।