सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ (क) को उपभापतिमा पुष्पराज गिरी निर्वाचित भएका छन् ।उनले आफ्ना निकटम प्रतिद्वन्द्वीलाई १०८ मतले पराजित गरेका हुन् ।
गिरीले २४२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी दामोदर न्यौपानेले १३४ मत प्राप्त गरे । उपसभापतिका अर्का उम्मेदवार बुद्ध प्रकाश सिंहले ८९ मत प्राप्त गरेका थिए।
उपसभापतिमा निर्वाचित गिरी लगातार दोस्रो पटक प्रदेश ३ (क) को उपसभापतिमा निर्वचित भएका हुन् । उनी निर्वाचनमा होमिदै गर्दा पनि उपसभापति नै थिए।
उपसभापतिमा निर्वाचित गिरी क्षेत्रीय कोषाध्यक्ष भइसकेका छन। दाङ ३ मा गिरीको प्रभाव निकै बलियो मानिन्छ।