सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् ।
सभापतिमा गिरी ४७० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। गिरी दंगीशरण गाउँपालिकाका अध्यक्षसमेत हुन्। सभापतिका अन्य उम्मेदवार गोपालबहादुर रावतले ९९ र निर्मल केसीले ८५ मत प्राप्त गरेका छन्।
उपसभापतिमा दुर्गा वली ३०९ मतसहित निर्वाचित हुँदा चक्र वलीले २६३ मत प्राप्त गरेका छन्।
त्यस्तै, सचिवमा गणेश केसी ३४३ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी लिला खड्काले २४४ मत प्राप्त गरेका छन्।
थारु समानुपातिकतर्फ मधु चौधरी ३३० मतसहित निर्वाचित भएका छन् भने शुकलाल चौधरीले २५५ मत प्राप्त गरेका छन्।