कोशी प्रदेश सरकारविरुद्दको रिटको सुनुवाइ आज

शुक्रबार, भदौ १५, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी सरकारविरुद्धको परेको रिटको अर्को सुनुवाइ आज हुँदैछ । कोशी नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अर्को पेशी आजका लागि तोकेको हो ।

Honor x7 pad

गत  भदौ ७ सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कोशीका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत लिदा सभाध्याक्ष गरेका इस्राइल मन्सुरीले समेत मत दिएका थिए।

सभाध्याक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको भन्दै कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गर्दै रिट दायर गरेका थिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्