भीसी कार्यालय अगाडि होम हालेर नेविसंघको विरोध प्रदर्शन

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ ) ले त्रिभुवन विश्वविद्यालयको भीसी कार्यालय अगाडि होम हालेर विरोध प्रदर्शन गरेको छ।

Honor x7 pad

आज बिहान  इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै भीसी कार्यालय अगाडि नेवीसंघले विरोध प्रदर्शन गरेको हो।

नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि विरुद्ध र अनशनरत नेवीसंघ नेता सुलभ चापागाईँको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो ।

मंगलबार मात्रै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र सांसद चन्दा चौधरीले नेवीसंघको माग सम्बोधन गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्