विना शर्त राप्रपाले संसदीय समितिको सभापति पाएको हो: अध्यक्ष लिङ्देन

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का  अध्यक्ष राजेन्द्र लिङ्देनले विना कुनै शर्त र लेनदेनमा संसदीय समितितर्फको पूर्वाधार विकास समितिको सभापति पाएको बताएका छन् ।

Honor x7 pad

कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहँदा  अध्यक्ष लिङ्देनले आफ्नो सिटका आधारमा पूर्वाधार विकास समितिको नेतृत्व पाएको स्पष्टीकरण दिएका हुन्। 

साथै कोशी प्रदेश सरकार मध्यावधिमा नजाने हो भने कांग्रेस र एमाले मिलेर सरकार चलाए हुने समेत बताएका छन् ।  अध्यक्ष लिङ्देनले कोशी प्रदेशको सरकार कांग्रेस र एमाले मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरूको अडान कायमै रहेको समेत बताए ।

अध्यक्ष लिङ्देन भने, 'कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार चलाए हुन्छ भनेर हामीले भनिराखेका छौं ।’

कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने विभिन्न उपायहरू रहेको उल्लेख गर्दै त्यसमा दलहरुबीच छलफल हुने र निकास निस्कने उनले  बताए । 

राप्रपाले  बिना शर्त एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको लिङ्देनले बताए।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्