आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

मंगलबार, भदौ १२, २०८०
honor २२ sept

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधिसभामा  प्रश्नोत्तर हुने भएको छ ।

X7D

प्रतिनिधिसभामा महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर हुने भएपनी अघिल्लो हप्तासम्म संसद अवरोध भएका कारण आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।

प्रधानमन्त्रीलाई एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको संसद सचिवालयले जनाएको छ। सांसदहरुको  प्रश्नलाई संसद सचिवालयले प्रधानमन्त्री कार्यालय लगेपछि प्रधानमन्त्रीले जवाफ तयार पार्नेछन् ।

प्रधानमन्त्री कर्यालयले तयार पारेको त्यही प्रश्नको उत्तरलाई आज प्रधानमन्त्री प्रचण्डले संसदमा प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्