नवनिर्वाचित संसदीय समितिका सभापतिहरुले लिए सपथ

सोमबार, भदौ ११, २०८०
honor mob  winter sales

काठमाडौं । १० वटै संसदीय समितिका सभापतिहरुले  शपथ लिएका छन् । 

Honor x7 pad

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति नेपाली कांग्रेसकी आरजू राणा देउवा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले शपथ लिएका हुन् । 

त्यसैगरी पूर्वाधार विकास समिति सभापति राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिका सभापति एमालेका ऋषिकेश पोखरे तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति जनमतका अब्दुल खानले शपथ लिएका हुन् । 

१० समितिमा हिजो ११ उम्मेदवारी परेको थियो। ९ समितिमा दोहोरो उम्मेदवारी परेन भने उद्योग तथा वाणिज्यमा रास्वपाका गणेश पराजुलीलेसमेत उम्मेदवारी दिएकामा आज उनले उम्मेदवारी फिर्ता लिएसँगै दशै समितिमा निर्विरोध भएको हो । 

प्रतिनिधि सभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् । यसअघि ज्येष्ठ सांसदले समितिको सभापतित्व गर्दै आएका थिए । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्