सार्वजनिक जग्गा मिचेर धोबीखोला करिडोरमा बनाइएका ३ वटा घर भत्कायो महानगरले

आइतबार, भदौ १०, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको बिजुलीबजार धोबीखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रम गर्दै बनाईएको ३ वटा घर महानगरले भत्काएको छ ।

Honor x7 pad

काठमाडौं महानगरपालिकाले वडा नं १० नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाएको हुँदा  डोजर लगाएर भत्काइएको महानगर प्रहरीले जनाएको छ।

महानगर प्रहरीले आज पहिलो चरणमा नक्सा हेरेर ३ वटा घर भत्काएको र अन्य घरहरु पनि सार्वजनिक जग्गा मिचेर बनाइएको सुचना आएको हुँदा नक्सा हेरेर थप कारबाही अगाडि बढाउने बताएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्