क-कसले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी?

आइतबार, भदौ १०, २०८०
honor mob  winter sales

काठमाडौं । संंसदीय समिति तर्फका १० सभापतिका लागि आज  विभिन्न दलबाट  ११ जनाले उम्मेदवारी दिएका छन् । 

Honor x7 pad

नेपाली कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा,  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा  कांग्रेसकै आरजु राणा देउवा र अर्थ समितिको सभापतिमा  सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै  नेकपा एमालेले २ वटा समितिको सभापतिका लागि उम्मेदवारी दिएको छ।

एमालेबाट सार्वनजिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिको सभापतिमा किरणकुमार साहले उम्मेदवारी दिएका हुन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रबाट कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ भने सत्ता गठबन्धनबाट भागबन्डा पाएर  पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। 

जनमत पार्टीबाट अब्दुल खानले  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी (जसपा) का  राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सत्ता गठबन्धनबाट भागबन्डा नपाएपछि एक्लै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएको छ।

त्यस्को सभापतिमा काठमाडौं-७ बाट रास्वपाबाट निर्वाचित  सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्