कांग्रेसले टुंग्यायो संसदीय समितिका सभापतिका उम्मेदवार

आइतबार, भदौ १०, २०८०
honor mob  winter sales

काठमाडौं । संसदीय समितिका सभापतिका नेपाली कांग्रेसले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

Honor x7 pad

कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको जनाएको छ।

आफ्नो भागमा परेको चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ । आजै सभापति चयनका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व  चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्