गिरीको निधनमा शोक ब्यक्त गर्न नेपालगन्ज पुगे कांग्रेस नेता शशांक कोइराला

शनिबार, भदौ ९, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका क्रान्तिकारी नेता स्वर्गीय शिव गिरीकी आमा तथा लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरीकी सानी आमा रेवता गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

Honor x7 pad

आज विहान नेपालगन्ज-६ फुल्टेक्रास्थित निवासमा पुगेर डा.कोइरालाले परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । कोइरालासंगै केन्द्रीय सदस्य एवम् पूर्व मन्त्रीद्वय दीपक गिरीले आफनै सहोदर फुफुप्रति श्रदान्जली अर्पण गरेका थिए।

पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य संजय गौतम, केन्द्रीय सदस्य उर्मिला थपलिया लगायत नेताहरु निवासमै पुगेर समवेदना प्रकट गरेका हुन् ।

यस्तै आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि निवासमै पुगेर स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

मुलुकमा प्रजातन्त्र पुन:स्थापनाका लागि पंचायत शासन विरुद्ध संघर्ष गर्दागर्दै आजीवन कैदसहित सर्वश्वहरणको सजाय पाएका दाङ कचिलाका स्वर्गीय गिरी नेपाली कांग्रेस दाङका क्रान्तिकारी नेता हुन् । 

गिरीको गत श्रावण ३२ गते निवासमै स्वर्गारोहण भएको थियो । गिरीको काजकिरिया भतिजा शंकरले गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्