कोशीमा सरकार बनाउन सभामुखको हस्ताक्षर गराएपछि एमाले र राप्रपा सर्वोच्च जाँदै

शुक्रबार, असार २२, २०८०
honor mob  winter sales

विराटनगर । नेपाली कांग्रेसबाट सत्ता गठबन्धनको तर्फबाट कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको नियुक्तिविरुद्ध नेकपा  एमाले र राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा ) सर्वोच्च अदालत पुग्ने बताएका छन् ।

Honor x7 pad

नयाँ सरकार बनाउन सत्ता गठबन्धनले कोशी प्रदेशका  सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गरारेर दावी गरेपछि प्रक्रिया गलत भएको भन्दै एमाले र राप्रपा सर्वोच्च जाने भएका हुन् ।

सरकार बनाउन ४७ सांसद आवश्यक हुँदा सत्ता गठबन्धनले बहुमतका लागि  सभामुख गौतमलाई हस्ताक्षर गराई ४७ सांसद पुगाएको थियो। सत्ता गठबन्धनसँग ४६ जना मात्रै सांसद रहदा  माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमलाई गठबन्धनले सरकार गठनमा प्रयोग गर्दै हस्ताक्षर गराएपछि एमाले र राप्रपाले विरोध गर्दै कानुनी उपचारका लागि सर्वोच्च पुग्ने बताएका छन् ।

सरकार गठनको दाबी पेश गरिएको पत्रमा गौतमले छुट्टै हस्ताक्षर गरेको भएपनि  एमाले र राप्रपाले सभामुख तटस्थ रहने भएकोले बहुमतमा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् । 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्