कांग्रेस नेता शशांक कोइराला भोलि नेपालगन्ज जाँदै

शुक्रबार, भदौ ८, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला भोलि नेपालगन्ज जादैँछन् ।

Honor x7 pad

केन्द्रीय सदस्य समेत रहेका निवर्तमान महामन्त्री कोइराला विहान नेपालगन्ज आउन लागेका हुन्। कोइरालासंगै केन्द्रीय सदस्य दीपक गिरी पनि नेपालगन्ज जान लागेका हुन् ।

कोइरालाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस बाँकेले भोलि विहान ११ बजे पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको सभापति नारायणप्रसाद गौडेलले बताए । उनले सम्पूर्ण नेता कार्यकर्तालाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । 

त्यसअघि कोइराला र गिरी कांग्रेसका क्रान्तिकारी नेता स्वर्गीय शिव गिरीकी आमा तथा कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरीकी सानी आमा स्वर्गीय रेवता गिरीलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई समवेदना प्रकट गर्न नेपालगन्ज-६ फुल्टेक्रास्थित निवासमा पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्