संसदीय समिति सभापतिका लागि सोमबार निर्वाचन

बिहीबार, भदौ ७, २०८०
honor mob  winter sales

काठमाडौं । समितिका सभापति चयनका लागि निर्वाचन भदौ ११ गते हुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतका समिति सभापतिका लागि ११ गते  सोमबार निर्वाचनमार्फत् संसदीय सभापति चयन गर्ने निर्णय गरिएको हो। 

Honor x7 pad

आज सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले ११ भदौमा १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । 

यसका लागि १० भदौदेखि नै प्रक्रिया प्रारम्भ हुनेछ । यसबारे बिहीबार नै सूचना प्रकाशित गर्ने तयारी गरिएको छ । 

बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्