कोशी सरकारमा अर्को मन्त्री नपाउँदा समर्थन फिर्ता लिने नेकपा एसको घुर्की

आइतबार, असार २४, २०८०
honor mob  winter sales

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज  मन्त्रिमण्डल विस्तार गर्दै नेकपा माओवादीबाट दुई र नेपाली कांग्रेसबाट एक जना मन्त्री नियुक्त गरेपछी नेकपा एकीकृत समाजवदी पार्टी रुष्ट बनेको छ।

Honor x7 pad

यसअघि नै मुख्यमन्त्री थापाले शुक्रवार कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेपनि नेकपा एसले सम्मानजनक पद नपाउदा रुष्ट बन्दै घुर्की लगाउन सुरु गरेको छ। 

आज माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्कीलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै कांग्रेसका रामकुमार खत्री पनि मन्त्री बनेका छन् । उनीहरुले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । आचार्यलाई मुख्यमन्त्री थापाले  आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिदा कार्की र खत्रीको मन्त्रालयको अझै टुंगो लागिसकेको छैन् ।

नेकपा एसबाट आज विस्तार भएको मन्त्रिमण्डलमा कोहि नपरेपछि असन्तुष्ट बन्दै सरकारमा आफ्नो पार्टीबाट भनेअनुसार भागबण्ड नभए समर्थन फिर्ता लिने एसले सन्देश दिएको छ ।

सहमति अनुसार अर्को एक मन्त्री थप्ने  भनिएपनि आज तीन जना मन्त्री नियुक्त हुँदा पार्टीबाट कोहि नपरेकोले तत्काल गल्ती सच्याउन आग्रह समेत गरेको नेकपा एसका एक नेताले बताए। नत्र, समर्थन फिर्ता हुन सक्ने समेत ती नेताले बताए।

 

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्