माल्टामा पुनः नेपाल माल्टा कम्युनिटी गठनसँगै कार्यालय स्थापना

बुधबार, भदौ ६, २०८०
Honor 600 pro

माल्टा (युरोप )। युरोपियन मुलुक माल्टामा रहेका  नेपालीहरुको हकहितका लागि पुनः नेपाल माल्टा कम्युनिटी गठन गरिएको छ।

ललितजंग पाण्डेको संयोजकत्वमा गठन गरिएको सदस्य सचिवमा विरोजंग पाण्डे र प्रवक्ता प्रकाश बगाले मनोनीत भएका हुन् । माल्टामा रहेका नेपालीहरुमा समस्याहरु समस्या समाधान र  नेपालीहरुको  हकहितका लागि कार्यालय समेत स्थापना गरिएको संयोजक ललितजंग पाण्डेले जानकारी गराए ।

संयोजक पाण्डेले माल्टामा रहेका सम्पुर्ण नेपालीहरुलाई  सुख दुखमा साथ दिने हरेक विकृती र विसंगतिलाई निर्मुल पार्ने र नेपाली धर्मसंस्कृति, कला, भाषा र भेषभुषाको पहिचान स्थापित गरेर समाजमा आईपरेका जुनसुकै समस्याको समाधान गर्नका यो कम्युनिटी गठन भएको बताए ।

यस कम्युनिटीमा भोलि  २५ जना सदस्यहरु चयन गरिने माल्टाबाट संवाददाता रन्जित गिरीले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्