त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका लागि छुट्टै डेस्कको व्यवस्था

सोमबार, चैत ९, २०८२
Honor 600 pro

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब नेपाली मूलका विदेशी नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए) का लागि आगमन र प्रस्थान दुवै कक्षमा छुट्टै डेस्क राखिने भएको छ। अध्यागमन विभागले यस सम्बन्धमा विमानस्थल कार्यालयलाई निर्देशन दिएको हो।

सरकारका अनुसार यो व्यवस्था नेपाली भाषा, संस्कृति र पहिचानप्रति सम्बन्ध बलियो बनाउने तथा पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। यसले विदेशबाट आउने नेपाली मूलका नागरिकलाई सहज र सम्मानित सेवा दिने विश्वास लिइएको छ।

लामो समयदेखि यस्तो व्यवस्था माग गर्दै आएको एसोसिएसन अफ नेपाली ओरिजिनले निर्णयको स्वागत गर्दै सरकारप्रति आभार व्यक्त गरेको छ।

यो कदमसँगै विमानस्थलमा हुने प्रक्रिया सरल र व्यवस्थित हुने अपेक्षा गरिएको छ, जसले डायस्पोरासँग नेपालको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्