बेल्जियममा पनि मनाइयो राष्ट्रीय एकता दिवस

सोमबार, पुस २९, २०८१
Honor 600 pro

बेल्जियम ।नेपाल एकिकरणका अभियन्ता तथा पृथ्वीनारायण शाहरको ३०३ औ जन्म जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासमा रहेका बैचारिक संगठन प्रवासी नेपाली एकता समाज बेल्जियममा एक कार्यक्रम आयोजना भब्यताका साथ मनाइएको छ ।

शाहले ससाना बाइसे चौविसे राज्यहरुको एकिकरण गरेका हुँदा उनलाई राष्ट्र पिताको रुपमा मानिन्छ । 
कार्यक्रममा बोल्दै समाजका सल्लाहकार दिपेन्द्र केसीले पृथ्बी जयन्ती नेपाल एकिकरणका नायक पृथ्वी नारायण शाहलाई श्रद्धा पूर्वक सम्झने दिन भएकोले यो दिन राष्ट्रिय पर्वको रुपमा संसारभरी मनाईनु पर्ने बताए । 

सल्लाहकार केसीले शाहले नेपालमा सबै जातजातीलाई समाबेस गरेर नेपालको धर्म, संस्कृति तथा परम्पराहरुको संरक्षणमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताउदै उहाँको योगदानका बारे पछिल्लो पुस्ताले समेत थाहा पाउने वातावरण बनाउन आवश्यक रहेको बताए । 

सभापतिको आसनबाट बोल्दै समाजका बेल्जियम अध्यक्ष अनिल थापाले राष्ट्र निर्माणका लागि पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै शाह नेपालको इतिहास भएको र इतिहास मेट्न जस्ले जति नै कोशिस गरेता पनि नसक्ने जिकिर गर्दै उहाँको योगदानका बारेमा सर्बत्र चर्चा हुनु पर्ने बताए । 

समाजका सचिब बुद्ध बस्नेतले स्वागत मन्तब्य दिदै वडा महाराज धिराज पृथ्वी नारायण शाहको नेपाललाई सम्बृद्ध बनाउन र सिंगो देश बनाउन ठुलो योगदान रहेको जानकारी दिए । 
कार्यक्रममा सहभागि सुमन बोगटीले नेपाल एकिकरणका नायक राजालाई बिर्सनु सिंगो नेपाली इतिहासलाई विर्सनु हो भन्दै पछिल्लो समयमा दलका कारण राजसंस्थाको औचित्य र सान्दर्भिकता अझ बढेको बताए । 

कार्यक्रमको शुरुवातमा स्वर्गीय राजा शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो भने कार्यक्रममा सहभागिले स्वर्गीय राजा शाहले नेपाल एकिकरणका लागि पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो भने दलहरुका कारण नेपालमा पछिल्लो समयमा राजसंस्थाको औचित्य अझ बढि रहेको बताएका थिए । 
कार्यक्रममा विभिन्न संघसंस्था र सर्बसाधरणको उल्लेख्यमात्रामा सहभागिता रहेका थियो । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्