नवलपुर सहायता समाज बेल्जियमको चौथो अबिधेशन सम्पन्न, नरहरी सापकोटा अध्यक्ष चयन

आइतबार, पुस २८, २०८१
honor २२ sept

बेल्जियम “शिक्षा स्वास्थ्य र आर्थिक उन्नतीमा हाम्रो गृहकार्य: देश विकास र नेपालीको प्रगतीमा सबैको सहकार्य” भन्ने मुल नाराका साथ बेल्जियममा स्थापना भएको नेपालमा नवलपुल जिल्लाबासीहरुको साझा संस्था नवलपुर सहायता समाज बेल्जियमको सोमबार लुभेनमा सम्पन्न चौथो अबिधेशनले नरहरी सापकोटाको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । 

X7D

सभाले उपाध्यक्षमा दिनेश पाठक, महासचिवमा टिकाराम सापकोटा, सचिव बिष्णु सापकोटा र कोषाध्यक्षमा कमल सापकोटालाई चयन गरेको छ भने सदस्यहरुमा रामबहादुर पुन मगर, गोबिन्द तिमल्सेना, रिता श्रेष्ठ, प्रदिप सुबेदी, टंक न्यौपाने, बिशाल महतो, केशव पाठक, हरि सापकोटा, शान्ति कंडेल काफ्ले र बिमला श्रेष्ठ चयन गरेको छ । 

नवनिर्वाचित अध्यक्ष सापकोटाले यो कार्यसमिति आगमी दुई बर्षका लागि हुने र आफुले बेल्जियम लगायत नेपाली समुदायको चौतर्फी बिकासका लागि सक्दो सहयोग गर्ने बताए । अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा समाजले नेपालको शैक्षिक र स्वास्थ्य क्षेत्रलाई मुख्य केन्द्र बनाएर काम गर्ने बताए । 

समाजका निवर्तमान अध्यक्ष विजय मल्लको सभापतित्वमा सम्पन्न उक्त अबिधेशनमा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा र विशिष्ट अतिथिमा एआईएफ भिजित्वयका शैक्षिक विभागकी सोफी दि पेस्टेलले समाजले विगतमा गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा अझ बढि क्रियाशील भएर काम गर्न सुझाव दिएका थिए । 

कार्यक्रममा नेपाली जनसम्पर्क समिति, नेपाली कलाकार संघ, चितवन सहायता समाज, अनेसास लगायतका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले अधिवेशन सफलताको कामना गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिएका थिए भने समाजका सदस्य डिल्ली अम्माइले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
सभाले नयाँ कार्यसमिति चयनका लागि झलक केसीको संयोजकत्वमा दिनेश भण्डारी र माधव सापकोटा रहनेगरी तीन सदस्सीय निर्वाचन मण्डल चयन गरेको थियो । सोहि समितिले नयाँ आगामी २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्बसम्मत रुपले चयन गरेको हो । 
समाजको सभाले समाजका संस्थापक अध्यक्ष अमृत प्रधान, रमेश सापकोटा, राम पुन र डिल्ली अम्माईलाई सल्लाहकार समितिमा चयन गरेको छ । 

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक झलक केसीले सपथ खुवाएर पदभार ग्रहण गराएका थिए । 
नवनिर्वाचित अध्यक्ष सापकोटा बेल्जियमका विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर काम गरिसकेका समाजका परिपक्व व्यक्तिका रुपमा चिनिन्छन् । अध्यक्ष सापकोटा गैरआवासीय नेपाली संघ बेल्जियमको पूर्व कोषाध्यक्ष हुनभने यस अघि उनी समाजको महासचिब पदमा थिए। 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्