सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
लमही । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई युवती गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ भगवानपुर निवासी ३१ वर्षीय प्रविन चौधरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भालुवाङ पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरिया निवासी १६ वर्षीया निशु चौधरी र सोही ठाउँकी अन्दाजी १९ वर्षीया करिना चौधरी घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई भालुवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको छ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढड्डीमा आज बिहान करिब १ः३० बजे दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र-३–०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनापछि ट्रक चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–११ निवासी ३४ वर्षीय राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय भालुवाङले थप अनुसन्धान गरिरहेको जनाएको छ।