सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले रोमाञ्चक विजयी शुरूआत गरेको छ । लिगको तेस्रो खेलमा कर्णालीले मंगलबार राति जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित निकालेको हो।
१३३ रनको चुनौती पछ्याएको जनकपुरले ३ बल खेल्न बाँकी छँदै अलआउट भएर ११३ रनमात्र बनाउन सक्यो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउन सके । कसिलो बलिङ गर्ने क्रममा युनिश ठकुरी र हुसेन तलातले समान ३ तथा नन्दन यादवले २ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले कर्णालीलाई १३२ रनमा रोकेको थियो । टस हारेर कर्णालीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३२ रन बनाएको हो ।
अरिफुल इस्लामले ४३ तथा पवन सर्राफले ३७ रन बनाए । कप्तान हरमीत सिंहले ३ तथा राहुल यादव र मोइन अलीले समान २ विकेट लिए ।
यसअघि आजको पहिलो खेलमा चितवन राइनोजले सनसनीपूर्ण शुरूआत गरेको छ । दोस्रो खेलमा चितवनले विराटनगर किङ्ग्समाथि ८ रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
खेल जितका लागि १५८ रनको चुनौती पछ्याउने क्रममा विराटनगरले १४९ रनमात्र बनाउन सक्यो । तीन बल खेल्न बाँकी छँदै विराटनगर अलआउट भएको हो ।
इमरान शेखले ३९ तथा आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए पनि टिमलाई जिताएनन् । नेपाली ब्याटरहरू फ्लप रहे । लोकेश बमले सर्वाधिक २६ रन जोडे ।
बलिङमा भने नेपाली बलर चम्केका छन् । कमल ऐेरीले २६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रिजन ढकालले २ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनायो । चितवन रवि बोपाराको कप्तानीमा मैदानमा उत्रेको हो । चितवनका लागि डाविड मलानले ५० बलमा ५ छक्काको मद्धतले ७० रन बनाए ।
त्यस्तै बोपाराले २६ बलमा अविजित रहँदै ३२ तथा डान माउसीले २२ बलमा अविजित रहँदै २९ रन बनाए । विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथा असलंकाले समान १(१ विकेट लिए ।
यो इनिङ्समा सबै विदेशी खेलाडीहरू हावी भएका छन् । ब्याटिङमा चितवनका देव खनालले १२ तथा अर्जुन साउदले ३ रन बनाए । त्यस्तै बलिङमा विराटनगरका प्रतिस जीसी, सन्दीप लामिछाने र रुपेश सिंहले विकेट लिन सकेनन् ।
पहिलो खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो ।
तेस्रो संस्करणको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ ९डिआरएस० को व्यवस्था गरिएको छ ।