आज दिउँसो प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध नहुने

मंगलबार, भदौ ५, २०८०
honor mob  winter sales

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ।बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध नगर्ने भएको छ।

Honor x7 pad

आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद डा. सुनील शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराइनेछ।

उता बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् । 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वििवद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

उता, विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूको नामावली हेरफेरको सुचना पनि जानकारी गराइनेछ । 

त्यस्तै आज राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बोलाइएको छ । यद्यपि २ बजेमात्रै सहमति गरेपछि संसद चल्ने भनिएकामा त्यही विश्वासमा यो बैठक समयमै चल्छ वा के हुन्छ भन्ने यकिन छैन । 

तर संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ । 

विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसुचीमा उल्लेख छ । 

साथै, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्