सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदैछ ।
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ ।
मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
अपराह्न ४::३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४: ३० देखि साँझ ५:३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।