कांग्रेस महाधिवेशन: उम्मेदवारी शुल्कदेखि मतदान मितिसम्म

सोमबार, असोज १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको छ।

निर्वाचन समितिका अनुसार सभापतिका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। यस्तै, उपसभापति र महामन्त्री पदका उम्मेदवारले ३० हजार, सहमहामन्त्रीका उम्मेदवारले २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ बुझाउनुपर्नेछ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। मतदान भने असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०६:०९
प्रतिक्रिया दिनुहोस्