पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

सोमबार, भदौ ४, २०८०
honor mob  winter sales

लिस्बन(पोर्चुगल) । पोर्चुगलमा एक नेपालीले आत्महत्या गरेक छन् । झापाको गौरादह नगरपालिका- ३ गुराँस चोकका  ३१ वर्षीय अजय थापाले आत्महत्या गरेका हुन् ।

Honor x7 pad

वैदेशिक रोजगारीका क्रममा आफ्नो परिवार सहित विगत ६ वर्ष देखि पोर्चुगलको राजधानी लिस्बनस्थित सितेरियोस बस्दै आएका अजय थापाको यही १७ अगस्टमा आत्महत्या गरेको बताइएको छ।

थापा बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हाम फालेर आत्महत्या गरेको गैर-आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । थापाले के कारण आत्महत्या गरेका हुन् भन्ने विषय भने खुली नसकेको अध्यक्ष खड्काले बताए । 

साथै गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल र गैर(आवासीय नेपाली सङ्घ, पोर्चुगलले मृतकको सब नेपाल ल्याउन सहयोगको अपिल गरेको छ ।

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका कोषाध्यक्ष राजेन्द्र प्रसाद डुम्रेले जानकारी दिए अनुसार मृतक थापाको आर्थिक अवस्था कमजोर भएको भनी परिवारले गरेको आग्रह बमोजिम मृतकको शव नेपाल ल्याउने व्यवस्थापनको लागि यथाशक्य आर्थिक सहयोग गरिदिन सम्पूर्ण पोर्चुगलवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गरिएको जनाएका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल गएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर डटमा काम गर्दै आएका थिए । हाल प्रहरीको अनुसन्धान जारी रहेकाले उनको पार्थिव शरीरलाई लिस्बनस्थित एक अस्पतालको शव गृहमा राखिएकाले नेपाल ल्याउन केही दिन लाग्ने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्