प्रदेश सभा बैठक डाकेर कोशीकी उपसभामुख काठमाडौं उडेपछि सरकार संकटमा

सोमबार, भदौ ४, २०८०
honor mob  winter sales

विराटनगर । कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वाश मत लिने दिनमा उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्।

Honor x7 pad

विश्वाशको मतका लागि आज दिउँसो १ बजे  प्रदेश सभा बैठक आह्वान गरेर उपसभामुख  दनुवार भने आज बिहानको यति एयरलाइन्सको  आज बिहानको ८ बजेको उडानबाट सुटुक्क काठमाडौं उडेकी छन्।

उपसभामुख  झन्डावाल गाडी नचढी विराटनगर विमानस्थल पुगेकी हुन्। उनले विमानस्थलमा भीआइपी कक्ष समेत प्रयोग नगरेको विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन् । 

उपसभामुख दनुवार नै काठमाडौं उडेपछी प्रदेश सभामा सहभागी हुन प्रदेश सभा परिसर पुगेका सांसदहरू अलमलमा परेका छन्। आफूहरू उपसभामुखलाई कुरेर बसिरहेको एक सांसदले बताए।

उपसभामुख काठमाडौं उडेपछि प्रदेश सभा बैठकबारे सांसदहरू अन्योलमा मात्रै नभई सरकार नै संकटमा पर्ने अवस्था आएको छ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्