कोशीका मुख्यमन्त्री थापाले आज विश्वाशको मत लिदैं, प्रदेश सभा बैठक नै अन्योलमा

सोमबार, भदौ ४, २०८०
honor mob  winter sales

विराटनगर । आज कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वाश मत लिदैछन् । 

Honor x7 pad

गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले  आज दिउँसो १ बजे प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेपनि दलहरुमा देखिएको अन्योलताका कारण आजको बैठक नै अनिश्चित बनेको छ ।

प्रदेश सभामा सभामुख रिक्त रहेका हुँदा उपसभामुख सृजना दनुवारले अध्यक्षता गरे मात्रै बैठक अगाडि बढाउने पक्षमा सत्ता गठबन्धन रहेको छ। प्रदेश सभा बैठक उपसभामुख आफैँ भने अनुपस्थित हुने तयारीमा रहेको विशेष स्रोतले जनाएको छ।

आइतबार नै नेकपा एमालेले आफ्ना ७ जेष्ठ सांसद  राप्रपाले १ सांसदलाई प्रदेशसभा बैठकमा  उपस्थित नहुन निर्देशन दिइसकेको छ

आजको प्रदेश सभामा एमालेका रोहितबहादुर कार्की , मालतीकुमारी लिम्बू , रामप्रसाद महतो , खड्गबहादुर बस्नेत , तारादेवी ढकाल , किशोरचन्द्र दुलाल  र ज्ञानेन्द्र सुवेदी  ले विदा बस्ने निवेदन दिएका छन् । 

त्यस्तै  राप्रपा गोपालबहादुर विश्वकर्माले पनि उपस्थित हुन नसक्ने भनी निवेदन दिएका हुन् । तशर्थ आजको प्रदेश सभा बैठक अन्योलमा रहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्