देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक छ: गगन थापा

आइतबार, भदौ ३, २०८०
honor mob  winter sales

झापा।  देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको नेपाली कांग्रेस महामन्त्री गगन थापाले  औँल्याएका छन् ।

Honor x7 pad

नेपाल विद्यार्थी संघ  झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

“हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन”, उनले भने, “दिगो विकास विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औँल्याउन सक्छ ।” महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वास व्यक्त गर्दै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा जोड दिए । 

नेपालको जनसङ्ख्यालाई आङ्कलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने भएकाले विकास सम्भव नहुने उनको भनाइ थियो ।

जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका बताउँदै उनले भने, “समयमै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सके मात्रै दिगो विकास हासिल गर्न सकिन्छ ।”

नेविसङ्घ एउटा स्कुल भएकाले यहाँ सिक्नुपर्ने थुप्रै सामाग्री ‘कन्टेन्ट’ रहेको बताउँदै थापाले चेतना र समृद्धिको राजनीतिमा लाग्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्