कोशीका नवनियुक्त तीन मन्त्रीहरुले लिए सपथ

आइतबार, असार २४, २०८०
honor mob  winter sales

विराटनगर । कोशी प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

Honor x7 pad

मुख्यमन्त्री उद्धव थापाले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नेकपा माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का कान्छा ज्वाइँ जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका छन् ।

आजै नियुक्त भएका माओवादीका अर्का मन्त्री राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीको मन्त्रालयको अझै टुंगो लागेको छैन् ।

यसपटक पनि मन्त्री बनेका आचार्य यसअघिको हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए।

यसअघि मुख्यमन्त्री थापाले  कांग्रेसबाट प्रदीप सुनुवार र नेकपा समाजवादीबाट कमल जवेगुलाई विनाबिभागीय मन्त्री नियुक्त गरेका थिए।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्