मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

आइतबार, असार २४, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटको सुनुवाइ हुँदैछ। 

Honor x7 pad

आज सुनुवाइ हुँदै गरेको रिटको पेशी सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ। 

सरकारमा बहुमत पुर्याउनु प्रदेश सभा सभामुखको समेत हस्ताक्षर गराइ नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ । 

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्