प्रधानमन्त्री र गृहमन्त्री आतंककारीको कि डेमोक्रेटिक सरकारको नेतृत्व हुन् ?

सोमबार, साउन २९, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंककारी सरकारको कि लोकतान्त्रिक सरकारको नेतृत्व लिएका हुन् भन्दै नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले प्रश्न गरेका छन् । 

Honor x7 pad

आजको प्रतिनिधि सभा बैठकमा आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर हातपात गरेको विषयमा जानकारी गराउँदै सांसद शर्माले लडेर, जेलनेल भोगेर अग्रज नेताहरुले ल्याएको प्रजातान्त्रिक व्यवस्थामा आफूमाथि भएको व्यवहारलाई लिएर उक्त प्रश्न गरेका हुन् । 

साथै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा नदिए आफू अनशन बस्ने शर्माले चेतावनीसमेत दिए । सुन तस्करीलाई कारबाही गर्नुपर्ने माग राखेकै कारण आफूलाई पक्राउ गराइएको उनको भनाइ छ ।  

उनले आफूले केही समय हेर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए अनशन बस्ने बताएका हुन् । 

शर्माले आतंककारी भनेसँगै माओवादी केन्द्रका सांसदहरुले प्रतिवाद गरेका थिए । उनीहरुले संसदको रेकर्डबाट यो शब्द हटाउन माग गरेका थिए । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्