प्रेस युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष प्रियास्मृतिलाई सम्मान

सोमबार, साउन २९, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाललाई आज बागेश्वरी एफएमले सम्मान गरेको छ।

Honor x7 pad

आज बागेश्वरी एफएम कार्यालयमा बागेश्वरी मिडिया नेटवर्क प्रा.लिका  प्रवन्ध निर्देशक अर्जुन गिरीको प्रमुख आतिथ्यमा नवनिर्वाचित अध्यक्ष ढकालसहित सचिव भीष्म लोध र सदस्यद्वय अनिल गौतम र सुकराम चिडिमार र अधिनेशनमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित बागेश्वरी एफएमकी सुमित्रा पण्डितलाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा संस्थाका प्रमुख कर्यकारी अधिकृत नवीन गिरी, बागेश्वरी एफएमका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाईं, लुम्बिनी प्रदेश प्रेस युनियनका उपाध्यक्ष जयसिंह केसी, प्रेस चौतारीका नेता विश्वराज पछल्डङ्या, वरिष्ठ पत्रकार राधेश्याम दाहाल, बागेश्वरी एफएमका पुर्णचन्द्र सुवेदी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

ढकाल गत शनिबार सम्पन्न प्रेस युनियन बाँकेको १२ औं अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अधिबेशनमा ढकालसहित पुरै प्यानल निर्वाचित भएको हो।

नवनिर्वाचित अध्यक्ष ढकालसहित सचिव लोध र सदस्य चिडिमार बागेश्वरी एफएममा कार्यरत छन भने गौतम बागेश्वरीपोष्टमा आबद्द छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्