प्रेस युनियन बाँकेको अध्यक्षमा प्रियास्मृति निर्वाचित

आइतबार, साउन २८, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेकाे अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन् ।

Honor x7 pad

नेपालगन्जमा सम्पन्न प्रेस युनियनकाे १२औं जिल्ला अधिवेशनबाट आफ्ना निकटतम् प्रतिद्वन्दी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । ढकाल ९६ मतका साथ विजयी हुँदा भट्टराईले ४८ मत मात्र पाए ।

उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) निशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडकबहादुर खत्री निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढा क्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित भएका छन् ।

उपाध्यक्ष खत्री, सहसचिव अधिकारी तथा मधेसी सदस्यद्वय गुप्ता र कनोजिया निर्विरोध हुँदा अन्य सबै निर्वाचन प्रक्रियाबाट चुनिएका हुन् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्