जनमतबाट अनिता देवी साह मन्त्री बन्दै

शुक्रबार, साउन २६, २०८०
honor mob  winter sales

काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ। सिके राउतको जनमतबाट  अनिता देवी साह मन्त्री बन्ने बताइएको छ।

Honor x7 pad

विषेश श्रोतका अनुसार उनको नाम राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको भएपनी मन्त्रालयको टुंगो नलागेको बताइएको छ।

अहिले पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्  २५ सदस्यीय छ तर माओवादी केन्द्रबाट एक मन्त्रीलाई हटाएर उनलाई माओवादीको भागमा परेको मन्त्रालय दिने बताइएको छ।

उनलाई आइतबार मन्त्री नियुक्त गर्ने बताइएको छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्