जसपाकी निर्मला बनिन् कोशी सरकारको स्वास्थ्यमन्त्री

शुक्रबार, साउन २६, २०८०
honor mob  winter sales

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की निर्मला लिम्बू कोशी सरकारको स्वास्थ्यमन्त्री नियुक्त भएकी छिन् ।

Honor x7 pad

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज जसपाकी लिम्बूलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

मुख्यमन्त्री उद्दव थापाले यसअघि नै गठबन्धनबाट  कांग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त गरिसकेको छन् । 

प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताएकी थिइन्।

जसपाकी लिम्बू भने मुख्यमन्त्री थापाले कोशी नामा करणविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता गरेपछि सरकारमा सहभागी बनेकी हुन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्