एमालेको अवरोधले राष्ट्रिय सभा बैठक स्थगित

शुक्रबार, साउन २६, २०८०
honor mob  winter sales

काठमाडौं । आजको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।  राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायम राखेको हो ।

Honor x7 pad

बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई दलीय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थिए । 

सो क्रममा सांसदहरुले आ–आफ्नो धारणा राखे। धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूचि अगाडि बढाउन खोज्दा एमालेका सांसदहरु उभिएर विरोध जनाएका थिए । अध्यक्षले विरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेका थिए । 

दुवै पक्षका सांसदहरु उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडि बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडि बढाउन नसकिएको जानकारी दिदै साउन ३१ गते बुधबार दिउँसो १ः०१ मा बस्नेछ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्