कोशी सरकारविरुद्द परेको रिटको आज सुनुवाइ हुँदै

आइतबार, असार २४, २०८०
honor mob  winter sales

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया गलत भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।

Honor x7 pad

सरकारमा बहुमत पुर्याउनु प्रदेश सभा सभामुखको समेत हस्ताक्षर गराइ नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए।

आज कोशी  सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत परेको रिटको आज १० बजेदेखि प्रारम्भिक सुनुवाइ हुने भएको छ।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ । 

संविधान विपरीत सभामुख गौतमलाई प्रयोग गरेर थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमाले सर्वोच्च गएको हो।

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्