Dashain Banner
Dashain Banner

जानकीमा आँखा पाक्ने रोग फैलिएपछि सबै विद्यालय बन्द

बुधबार, साउन २४, २०८०

जानकी( बाँके )। बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि बाँकेको जानकी गाउँपालिकाका विद्यालय पनि बन्द गरिएको छ ।

जानकीका शिक्षा प्रमुख कृष्णाकुमारी भण्डारीले अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न निजी र सामुदायिक सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरिएको बताइन् ।

आँखा पाक्ने सङ्क्रमण वृद्धि हुँदै गएकोले विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले साउन २५ देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताइन् ।

नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले यसअघि नै बिद्यालय बन्द गरिसकेका छन् ।

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्