Dashain Banner
Dashain Banner

आँखा पाक्ने रोग फैलिएपछि पोखराका सबै स्कुल बन्द

बुधबार, साउन २४, २०८०

पोखरा । पोखरामा आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिकालेआजदेखि तीन दिनका लागि स्कुल बन्द गर्ने निर्देशन दिएको छ।

आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेसरी सम्पूर्ण शैक्षिक संस्था वर्षेरहिउँदेरस्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म  बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए ।

विद्यार्थीहरूलाई सुरक्षित रुपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्