बैजनाथबाट ब्राउन सुगरसहित सैनिक जवान पक्राउ

बुधबार, असार १८, २०८२

नेपालगन्ज । बाँकेको बैजनाथबाट नेपाली सेनाका जवान ठुलो परिमाणमा ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

Honor x5c

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-२ घर भएर हाल नेपाली सेनाको जग दल गण काठमाडौंमा कार्यरत जवान २६ वर्षीय सन्जु आले रहेका छन्।

आज अपराह्नमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोली र इलाका प्रहरी कार्यालय बनकटुवाको संयुक्त टोलीले जवान सन्जुलाई १० ग्राम ६२७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधार ब्यूरोको टोलीसँगै रहेको बनकटुवा प्रहरीले सन्जुको घरभित्र रहेको जाँडको भाँडोमा राखिएको १० ग्राम ६२७ मिलिग्राम ब्राउन सुगर फेला पारेपछि सैनिक जवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सन्जुको साथबाट ब्यूरोको टोलीले ब्राउन सुगरसहित १ थान मोबाइल र नगद २ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ भने पक्राउ परेका सन्जुलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्