सिद्धार्थ विद्या सदनमा सेनाले दियो सर्पदंश सचेतना कक्षा

बिहीबार, वैशाख २४, २०८३

नेपालगन्ज । नेपाली सेनाले सिद्धार्थ विद्या सदन, नेपालगन्जमा सर्प पहिचान, सर्पदंशबाट बच्ने उपाय तथा प्राथमिक उपचार सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा नेपाली सेनाको टोलीले विद्यार्थी तथा शिक्षकहरूलाई विषालु र अविषालु सर्पको पहिचान गर्ने तरिका, सर्पबाट बच्न अपनाउनुपर्ने सावधानी तथा सर्पदंश भएमा तुरुन्त अपनाउनुपर्ने प्राथमिक उपचारबारे व्यवहारिक जानकारी दिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले यस्ता जीवनरक्षक जानकारीले दैनिक जीवनमा सुरक्षित रहन मद्दत पुग्ने बताएका छन्। विद्यालय प्रशासनले पनि नेपाली सेनाप्रति आभार व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा जिम्मेवार र सचेत नागरिक बन्न प्रेरणा मिल्ने जनाएको छ।

विद्यालय परिसरमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको सिद्धार्थ विद्या सदनले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  २२:१३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह