नेपालगन्ज कारागारमा आगजनी, सेनाको घेराबन्दीमा कैदीहरु

बिहीबार, भदौ २६, २०८२
Honor

नेपालगन्ज । नेपालगन्ज कारागारमा कैदीहरुले आगजनी गरेका छन् । कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताए । 

देशका अन्य कारागार जस्तै आफूहरु पनि बाहिर जान पाउनुपर्ने भन्दै भाग्ने प्रयासमा नेपालगन्ज कारागारका कैदीहरुले आगजनी गरेका हुन् ।

कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । अहिले कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्