सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नयाँ दिल्ली । भारतबाट ३५ जना नेपाली युवाहरुको उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपाली युवाहरुको उद्धार गरेको जनाएको छ ।
आकर्षक तलबको लोभ देखाएर भारतको उत्तराखण्डस्थित काशीपुर लगेर बन्धक बनाइएका ३५ युवाहरुको नेपाली दूतावासले उद्धार गरेको हो।
दूतावासले विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जानकारी दिएको छ ।