लम्पी स्कीनको संक्रमण बाँकेको जानकीमा देखिएपछि किसान चिन्तित

सोमबार, साउन २२, २०८०
honor mob  winter sales

रबिन्द्र घिमिरे/ नेपालगन्ज।   देशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्कीन रोगको प्रभाव बाँकेको जानकी गाउँपालिका क्षेत्रमा पनि देखिएको छ।

Honor x7 pad

जसका कारण किसानहरुले लाखौँ क्षती व्यहोर्नु परेको छ। लम्पी स्कीन रोगका कारण किसानहरुका वस्तुभाउ मरेका छन्  भने दुध उत्पादनमा समेत कमी हुदाँ किसानहरु मारमा परेका छन्  । विभिन्न बैँक तथा सहकारीबाट सबैभन्दा वढी कर्जा लिएर पशुपालन गरिरहेका स्थानीय किसान जानकी गाउँपालिका ५ बाँकेका तिरथराम यादव र राम वहादुर गडरियाले दुध उत्पादनमा कमी आउँदा आफुहरु समस्यामा परेको बताउँछन ।

देशव्यापी रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागी जानकी गाउँपालिकाले किसानहरुको घरघरमा पुगेर समेत औषधी उपचार गर्दै आएको पशु सेवा शाखा प्रमुख दिल वहादुर खड्का बताए। उनले देशव्यापी रुपमा फैलिएको लम्पी स्कीन रोगले गर्दा किसानहरु प्रत्यक्ष मारमा परेको समेत बताए।

साथै खड्काले जनावरमा लागेको जुनसुकै रोग लागेको भएतापनि दुध काँचै नपिउन र सकेसम्म दुध उमालेर मात्र पिउनाले कुनै मानवीय स्वास्थ्यमा नराम्रो असर नपर्ने बताए।

वस्तुभाउमा लम्पी स्कीन रोग फैलिएपछी जिल्ला पशुसेवा कार्यालयबाट केही औषधी पठाएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए। जिल्ला पशुसेवा कार्यालयबाट पठाएको औषधीले मात्र नपुग्ने  भएकोले पालिकाको तर्फबाट पनि गर्ने र कार्यपालिकाको तर्फबाट बैठक बसेर किसानहरुलाई परेको पिडामा क्षतीपुर्तीको व्यवस्था मिलाउने समेत अध्यक्ष खाँले बताए।

साथै रोग नियन्त्रणका लागी घरघरमा पुगेर नि:शुल्क सेवा प्रदान गर्न पालिकाको पशु सेवा शाखाबाट डाक्टरलाई आफुले निर्देशन समेत दिईसकेको अध्यक्ष खाँले बताए ।

   

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्